काठमाडौँ । नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत भट्टराईले खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
भट्टराई नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। विद्यार्थी राजनीतिबाट काँग्रेसको मूल राजनीतिमा आएका उनी यसअघि पार्टीको केन्द्रीय सदस्यसमेत रहिसकेका छन्।
तनहुँका भट्टराई लामो समयदेखि काँग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय छन्।



