२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

अ अ+ अ-

गुसाउ (नाइजेरिया) । उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १२ सैनिक मारिएका थिए ।

स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरलाई धम्की दिएको विषयलाई लिएर गिरोहले बदलाको कारबाही गरेको बताएका छन् । 

आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीलाई बताए। उनका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो ।

उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित छन् । गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन् ।

अनौपचारिक सुन खानी क्षेत्रका कामदारलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन् । खानीस्थलको नियन्त्रण तथा सुनबाट हिस्सा माग्दै उनीहरूले कामदारमाथि आक्रमण गर्ने गरेको बताइएको छ ।

घटनाबारे एएफपीले सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ ।

0 Comments