काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा कालिका इङलिस स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।
प्रारम्भिक जानकारीअनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ।
घटना लगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ। उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते हुनेको संख्या, उनीहरूको अवस्थालगायत घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले उद्धार कार्य जारी राखेको छ।



