२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढीगण्डकीमा भीषण बाढी: आरुघाटको पुल बगायो, धादिङ-गोरखा सम्पर्क विच्छेद

अ अ+ अ-

काठमाडौँ । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ । 

बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । 

गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा लेदोसहितको भयानक बाढी आएको हो । आइतबार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गरे । उनकाअनुसार बाढीले साहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्‍याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन् । 

बाढीको प्रभाव क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेकी) भइरहेको छ भने उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख उप्रेतीले बताए । डा. उप्रेतीले मौसम प्रतिकुल भएकाले तत्काल हेलिकप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको बताए ।  उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको र त्यसको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

 समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्काल खाली गराउन सकिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ । प्राधिकरणले बेनिघाट, मलेखु तथा त्रिशूली नदी तटीय क्षेत्र हुँदै चितवनसम्मका बजार र बस्तीहरूलाई उच्च जोखिममा राख्दै स्थानीयलाई डाँडापाखातर्फ जान आग्रह गरेको छ । 

प्रमुख उप्रेतीले भने, ‘बुढीगण्डकी नदीको उत्तरी क्षेत्रमा हिमपहिरो र गेग्रानका कारण नदी थुनिँदै खुल्दै गर्दा ठूलो आकस्मिक बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल बगाएको छ भने आरुघाटमा जलस्तर खतरा तहभन्दा निकै माथि पुगेको छ । गोरखा, धादिङ, तनहुँ, बेनिघाट, मलेखु, मुग्लिन र चितवनसम्म बाढीको प्रभाव पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आरुघाटस्थित साहस ऊर्जाको क्षेत्रमा रहेका १८ जना कर्मचारी सुरक्षित स्थानमा रहेको र उनीहरूको उद्धारको प्रयास भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी जोखिमयुक्त बस्ती खाली गराउने तथा उद्धार कार्य अघि बढाइएको छ । सल्लेरी र चुमनुब्री क्षेत्रमा घर तथा सवारीसाधन बगाएको खबर आए पनि क्षतिको पुष्टि हुन बाँकी छ । हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा नजान, बाढी हेर्न वा फोटो–भिडियो खिच्न नबस्न र बाढीले बगाएर ल्याएका दाउरा तथा सामान टिप्न नजान सर्वसाधारणलाई आग्रह गरिएको छ । अहिले मुख्य प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित स्थानमा स्थानान्तरण र आपत्कालीन उद्धार रहेको छ ।’

विपद् व्यवस्थापन प्राधिकरणले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा (लाइफ सेभिङ) रहेको स्पष्ट पारेको छ । जोखिमयुक्त नदी किनारमा गएर भिडियो तथा तस्बिर खिच्ने, बाढी हेर्न भीडभाड गर्ने वा नदीले बगाएर ल्याएका दाउरा र सामान संकलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न आम नागरिकलाई कडा चेतावनीसहित अपिल गरिएको छ ।

0 Comments