२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अ अ+ अ-

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले प्रदेश तथा स्थानीय तहका निकायहरूसँग समन्वय गर्दै घटनाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ । त्यसैगरी, गण्डकी प्रदेश स्वास्थ्य आपत्कालीन तथा सूचना केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, हब तथा स्याटेलाइट अस्पताल र स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई निरन्तर सम्पर्क र समन्वयमा रहन भनिएको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामार्फत भनिएको छ ।

प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा वा आकस्मिक उपचारसम्बन्धी सहायता चाहिएमा नि:शुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

0 Comments