१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सीता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशकबीच बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणबारे छलफल

अ अ+ अ-

काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ।

भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकांकमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई आग्रह गरिन्। उनले बालबालिकाको विकास र संरक्षण जन्मपश्चात् मात्र नभई गर्भावस्थादेखि नै सुरु हुनुपर्ने उल्लेख गर्दै विकास साझेदारका कार्यक्रमहरू गर्भावस्थादेखि बालबालिकाको समग्र विकास र संरक्षणमा केन्द्रित हुनुपर्ने धारणा राखिन् । 

मन्त्री बादीले वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउँदै त्यसमा युनिसेफको सहयोग र साझेदारी आवश्यक रहेको बताइन् । 

भेटमा युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार तथा बाल हिंसा न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न युनिसेफ इच्छुक रहेको बताए। उनले समुदायस्तरमा सामाजिक जनशक्तिको क्षमता विकास तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा युनिसेफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भेटघाटमा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकुङ्गा र बाल संरक्षण प्रमुख लियोन मुओनीलगायत प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति थियो।

0 Comments