२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाद्वारा पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

अ अ+ अ-

सियोल । दक्षिण कोरियासँग सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले बुधबार पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार पूर्वी सागर (जापान सागर) मा गरिएको परीक्षणले पानीमुनि युद्ध प्रणालीको क्षमता जाँच गर्नुका साथै नौसैनिक अभ्यासको उद्देश्य पूरा गरेको छ ।

गत सेप्टेम्बर २१ मा असैनिकीकृत क्षेत्र (डिएमजेड) मा बारुदी सुरुङ विस्फोट हुँदा तीन दक्षिण कोरियाली सैनिक घाइते भएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । त्यसयता दुवै देशले उन्नत क्षेप्यास्त्र प्रविधिको परीक्षण गरेका छन् ।

उत्तर कोरियाले पछिल्ला वर्षमा पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गर्दै आए पनि समुद्रमा आधारित प्रक्षेपण क्षमताको वास्तविक अवस्था स्पष्ट छैन । कम उचाइमा उड्ने क्रुज क्षेप्यास्त्र पत्ता लगाउन र रोक्न कठिन हुन्छ । पनडुब्बीबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रमाणित क्षमता हासिल भए उत्तर कोरियाले टाढासम्म क्षेप्यास्त्र तैनाथ गर्न र आक्रमणको अवस्थामा जवाफी प्रहार गर्न सक्नेछ ।

केसीएनएले सार्वजनिक गरेका तस्बिरमा क्षेप्यास्त्र ठाडो र करिब ४५ डिग्रीको कोणमा प्रक्षेपण गरिएको देखाइएको छ । कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले एएफपीलाई दुई फरक कोणबाट प्रक्षेपण गर्ने क्षमताको रणनीतिक महत्त्व रहेको बताए। उनका अनुसार ठाडो प्रक्षेपणले क्षेप्यास्त्रको मारक दूरी बढाउन सक्नेछ भने कम उचाइमा उड्ने गरी कोणबाट गरिने प्रक्षेपणले प्रतिरक्षा प्रणालीलाई क्षेप्यास्त्र पत्ता लगाउन र रोक्न कठिन बनाउँछ ।

उत्तर कोरियाले अक्टोबरमा कैयौँ ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यसै महिना दुवै कोरियाले हाइपरसोनिक हतियार परीक्षण गरेका छन् । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरेपछि दक्षिण कोरियाले गत साता आफ्नो पहिलो स्वदेशी हाइपरसोनिक ग्लाइड वाहन परीक्षण गरेको थियो ।

सन् १९५३ मा कोरियाली युद्ध शान्ति सन्धिबाट नभई युद्धविराम सम्झौतामार्फत अन्त्य भएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् ।

0 Comments