२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार क्षेत्रमा हुने मेला–महोत्सवका कारण भैरहवाको जनजीवन प्रभावित

अ अ+ अ-

भैरहवा । आसन्न चाडपर्वसँगै सडक चोक आसपासमा हुने मेला तथा महोत्सवका कारण भैरहवाको मुख्य बजार क्षेत्रको जनजीवन अस्तव्यस्त भई आम सर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ ।   

भैरहवामा स्थायी एवं व्यवस्थित महोत्सव स्थलको अभावमा सडक छेउछाउमा आयोजना हुने महोत्सव तथा मेलाका कारण सडक आवागमन अवरुद्ध भई स्थानीय बासिन्दासहित आम सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको नगरवासीको भनाइ छ ।  

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय सिद्धार्थ रङ्गशालामा क्रिकेट मैदान निर्माण भएपछि स्थान अभावका कारण अन्यत्र कार्यक्रम आयोजना गर्न बाध्य हुनुपरेको जानकारी दिँदै यसबाट स्वभाविक रूपमा भैरहवाको मुख्य बजार क्षेत्र प्रभावित हुन पुगेको बताएका छन् । उनले सरोकार भएका स्थानीयवासी, उद्योगी–व्यवसायी तथा सुरक्षाकर्मीबिच समन्वय गरी मेला तथा महोत्सवका कारण सिर्जित समस्याको पहिचानसहित समाधानको उपाय खोज्न सकिने भएको धारणा व्यक्त गरे । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देहीको बुटवलमा प्रदर्शनी स्थल भए पनि भैरहवामा नभएको बताउँदै  स्थायी संरचना निर्माण प्रक्रिया अघि बढे त्यसमा साथ दिन निजी क्षेत्र तयार रहेको बताए ।  

यसैगरी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सव तथा मेला आवश्यक भएको उल्लेख गर्दै औद्योगिक नगरी भैरहवामा स्थायी प्रदर्शनी कक्ष निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए  ।  

यसअघिनै नेपाल उद्योग वाणिज्य महासङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घसहित विभिन्न व्यापारिक तथा औद्योगिक प्रतिष्ठान तथा कलाकर्मीको मुख्य बजार क्षेत्रमा मेला तथा महोत्सव आयोजना गर्ने तयारी भइरहेको अवस्थामा स्थानीयवासीको तर्फबाट मुख्य बजार क्षेत्रभन्दा बाहिर कार्यक्रम आयोजना गरी शान्त र सुव्यवस्थित भैरहवाको पक्षमा साथ दिन सम्बद्ध पक्षसँग अनुरोध गरिएको छ ।   

0 Comments