२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्पछिको पुनर्निर्माण र पुन:स्थापना सरकारको प्राथमिकता: मन्त्री पुन

अ अ+ अ-

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्दीमा आएका छन् ।

यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आएका हुन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी भएका थिए । बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उनी म्याग्दी पुगेको उनको सचिवालयले जनाएको छ ।

“म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुन:स्थापनाका विषयमा छलफल गर्न आएको हुँ”, मन्त्री पुनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढी पहिरोबाट घरवासविहीन बनेकाहरूको पुन:स्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

सरकार विपद्पछिको पुनर्निर्माण र पुन:स्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताए । उनले स्थलगत निरीक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरूको सुझावका आधारमा पुन निर्माण तथा पुन:स्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताए ।  

आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेर धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा गएका थिए । शुक्रबार बिहान बेनी, दिउँसो रघु गङ्गा र अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताए । 

मन्त्री बनेपछि पुन दोस्रो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन । सरकारी सवारीसाधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेका छन् ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन् । त्रियानब्बे घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । 

प्रारम्भिक विवरणअनुसार बेनी(जोमसोम सडक खण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी(दरबाङ सडक खण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ ।

सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ । 

0 Comments