३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक निर्माणमा बिटुमिन र असफाल्टको सट्टा स्वदेशी विकल्पलाई प्राथमिकता

अ अ+ अ-

काठमाडौँ । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो ।

निर्देशिकाअनुसार सडक, पुल तथा भवन निर्माणको डिजाइन तयार गर्दा उपयुक्त स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै आयातित सामग्री प्रयोग गर्नुपर्ने गरी डिजाइन बनाउन पाइने छैन । प्राविधिक रूपमा उपयुक्त भए कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ । यद्यपि बिटुमिन र असफाल्टको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छैन ।

सरकारी भवन निर्माणमा समेत आयातित ग्रेनाइट, टायललगायतका सामग्रीको सट्टा स्वदेशी मार्बल, ढुङ्गा, स्लेट तथा टायललाई प्राथमिकता दिइनेछ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमानदेखि बोलपत्र र खरिद सम्झौतासम्म स्वदेशी सामग्री प्रयोगको व्यवस्था समावेश गर्नुपर्नेछ ।

निर्देशिकाले उपयुक्त स्वदेशी विकल्प हुँदाहुँदै विदेशी ब्रान्ड लक्षित खरिद गर्न रोक लगाएको छ । सम्झौतामा तोकिएको स्वदेशी सामग्री स्वीकृतिबिना परिवर्तन गर्न पाइने छैन । विदेशी सामग्रीलाई स्वदेशी भन्दै आपूर्ति गर्ने व्यवसायीको भुक्तानी रोक्का, कालोसूची तथा कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

सरकारले यस व्यवस्थाबाट आयात प्रतिस्थापन, स्वदेशी उद्योगको प्रवर्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरेको छ ।

0 Comments