२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराउँदै माटाका भाँडा, संकटमा परम्परागत सीप

अ अ+ अ-

काठमाडौँ । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ ।

विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो ।

विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो । यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रूपमा पनि थिए । अहिले ती भाडाको स्थानमा प्लास्टिक, स्टिललगायतका भाँडाले लिन थालेका छन् ।

अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो परम्परागत पेसा संकटमा परेको हो ।

माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आवश्यक आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले पनि नयाँ पुस्ता यस पेसातर्फ आकर्षित हुन नसकेको उनको बुझाइ छ ।

रामप्रसादराई गाउँपालिका–८ बासी रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउँछन् । स्थानीयस्तरमा सीप सिकाउँदै परम्परागत सामग्रीको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

0 Comments