२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

अ अ+ अ-

सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।

नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ ।

“चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा सञ्चालन आवश्यक छ,” उनले भने ।

महासचिव पराजुलीका अनुसार संघले चीन सरकार र नेपालस्थित चिनियाँ दूताबासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ । उनका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएको छन्, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् । अन्य नाकाहरु सञ्चालन नभईरहेको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन जरुरी भएको उनको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट आइतबार तीन वटा मालवाहक कन्टेनर भित्रिएका थिए भने आज साँझसम्म सात वटामात्रै कन्टेनर आएका छन् । उनले भने, “कार्गो ट्रकका लागि मात्रै चीनले अनुमति दिएका कारण साना कन्टेनरहरु आउन सकेका छैनन् ।”

उनले भित्रिएका कन्टेनरहरुमा फलपूmल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्रीहरु रहेको जनाए ।

0 Comments