३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी प्रकरण: कम्पनीका प्रमुखलाई चार वर्ष कैदको अन्तिम फैसला

अ अ+ अ-

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले सन् २०२४ मा २३ जना श्रमिकको ज्यान लिने गरी भएको भीषण कारखाना आगलागी घटनामा लिथियम ब्याट्री उत्पादक कम्पनी ‘एरिसल’का प्रमुख कार्यकारी अधिकृत (सिइओ) पार्क सुन–क्वानलाई चार वर्षको जेल सजाय तोक्ने उच्च अदालतको फैसला मङ्गलवार अन्तिम रूपमा सदर गरेको छ ।

 राजधानी सोलबाट करिव ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासङस्थित एरिसलको कारखानामा सन् २०२४ जुन २४ मा लिथियम ब्याट्री विस्फोट हुँदा भीषण आगलागी भएको थियो । उक्त दुर्घटनामा २३ जना श्रमिकको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका थिए । सर्वोच्च अदालतले कार्यस्थलमा आवश्यक सुरक्षा मापदण्ड पूरा नगरेको ठहर गर्दै सिइओ पार्कलाई ‘गम्भीर दुर्घटना सजाय ऐन’ उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरेको हो । यसका साथै सर्वोच्चले एरिसलका तत्कालीन प्रमुख सञ्चालन अधिकृत (सिओओ) रहेका पार्कका छोरालाई सात वर्षको जेल सजाय र एरिसल कम्पनीलाई ८० करोड कोरियन वन (करिव ६ लाख २ हजार अमेरिकी डलर) जरिवाना गर्ने तल्लो अदालतको आदेशलाई पनि निरन्तरता दिएको छ । 

यसअघि जिल्ला अदालतले पार्कलाई १५ वर्षको कठोर कारावासको सजाय सुनाएको थियो । सन् २०२२ मा कोरियामा ‘गम्भीर दुर्घटना सजाय ऐन’ लागू भएयता जिल्ला अदालतले सुनाएको सो सजाय हालसम्मकै सबैभन्दा कडा मानिएको थियो । तर पुनरावेदन अदालतले कारखानाको प्रत्येक तलामा आपत्कालीन निकास द्वार निर्माण तथा मर्मतसम्भार सम्बन्धी विशेष अभियोगबाट सफाइ दिँदै सिइओ पार्कको जेल सजाय घटाएर चार वर्षमा झारेको थियो । 

सर्वोच्च अदालतले पनि पुनरावेदनकै सोही फैसलालाई कानूनी रूपमा अन्तिम ठहर गरेको हो । 

0 Comments