१० कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा 

अ अ+ अ-

जेरुसेलम । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन् । ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन् । अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन् ।

पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास नेतान्याहुविरोधी मोर्चाका प्रमुख व्यक्तित्व छन् ।

छैसठ्ठी वर्षीय आइसेनकोट गाजा युद्धमा छोरा र दुई भतिजा गुमाएपछि सार्वजनिक सहानुभूति पाएको नेता छन् । उनले प्यालेस्टिनी राज्य स्थापनाको विरोध र गाजामा हमासको शासन अन्त्य गर्ने धारणा राखेका छन् । सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका उनले अर्को वर्ष आफ्नै ‘याशर’ पार्टी स्थापना गरेका थिए । 

चौवन्न वर्षीय बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थनसहित विविध दलको गठबन्धन बनाएर नेतान्याहुको लगातार १२ वर्षको शासन अन्त्य गरेका थिए । उनको सरकार भने एक वर्षमै ढलेको थियो । दक्षिणपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा रहेका बेनेटले नेतान्याहुलाई विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने धारणा पनि राखेका छन् । 

पूर्वपत्रकार तथा पूर्वप्रधानमन्त्री ६२ वर्षीय यायर लापिड मध्यमार्गी येश अटिड पार्टीका नेता छन् । उनले अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेतान्याहुको आलोचक लापिडलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष मतदाताभन्दा बाहिर समर्थन विस्तार गर्न चुनौती रहेको बताइन्छ ।

धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यान कुनै समय नेतान्याहुका निकट सहयोगी थिए। अहिले उनले प्रधानमन्त्रीको सुरक्षा नीतिको आलोचना गर्दै आएका छन् । उनले विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन् । 

यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ । गोलनले प्यालेस्टिनीहरूसँग दुई राज्य समाधानको समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिन र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । 

अरब समुदायको प्रतिनिधित्व गर्ने मन्सुर अब्बासको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने पहिलो अरब पार्टी बनेको थियो । इजरायलको जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ । अब्बासको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक हुन सक्ने बताइएको छ । नेतान्याहुले भने उनीसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्दै आएका छन् । समर्थन विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाएको बताएका छन् । 

0 Comments