११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

अ अ+ अ-

गुल्मी । बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । 

दसैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।

सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयका अनुसार  मङ्गलबार मात्रै १७० जनाले नागरिकता, २१० जनाले राष्ट्रिय परिचयपत्र, ९२ जनाले राहदानी तथा १७ जनाले नाबालक परिचयपत्र बनाएका छन् । 

सेवाग्राहीको भीड अझै बढेमा जिल्ला समन्वय समितिबाट समेत थप कर्मचारी बोलाएर सेवा प्रवाह गरिने उनले बताए।

दसैँको बिदामा घर गएका अधिकांश व्यक्ति चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने सेवाग्राहीको सङ्ख्या बढेको प्रशासकीय अधिकृत नारायण घर्तीले बताए।

सेवाग्राहीको चाप बढेपछि कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित बनाउन कर्मचारीलाई कार्यालय समयपछि समेत खटाउँदै आएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।  

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै बसेर प्रशासकीय अधिकृतले सेवा प्रवाह तथा सहजीकरण गर्दै आएका छन् । कार्यालयले कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचुन् भन्ने उद्देश्यले टोकन प्रणालीसमेत लागू गरेको छ ।

जिल्ला सदरमुकाममा यस बेला सेवाग्राहीको भीडभाड हुने भएका कारणले कतिपय सेवाग्राही अघिल्लो दिन नै सदरमुकाम तम्घास आएर बास बस्ने र भोलिपल्ट बिहानै कार्यालयमा लाइनमा बस्ने गरेका पाइएको छ । 

जिल्ला प्रशासनमा जनजाति प्रमाणित, पेन्सन, संस्था नवीकरण तथा अभिलेख प्रमाणितलगायत सेवा लिन आउने सेवाग्राहीको चाप बढेको प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिए।

 जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा अहिले जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढी छ । केही दिनपछि अहिलेको सेवाग्राहीको चाप क्रमशः घट्दै जाने कार्यालयले जनाएको छ ।

0 Comments