बडादसैँको महाष्टमी: भद्रकालीसहित देशभरका शक्ति पीठहरूमा श्रद्धालुको घुइँचो
काठमाडौँ । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरू बिहानैदेखि लामबद्ध...