१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि किसान चिन्तित 

अ अ+ अ-

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन् । तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ । वर्षाका कारण खेतमा पाकेको धान ढलेको छ भने काटेर राखेको धान भिज्ने र दाना झर्ने जोखिम बढेको किसानले बताएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले पाकेको धान खेतमै ढल्न थालेको बताए। “खेतमा धान पहेँलपुर भएर पाकेको छ । बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पाकेको धान ढलेको छ । अझै पानी परिरहेमा धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” उनले भने ।

धान भित्र्याउने मुख्य समयमा पानी परेपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले बताइन् । 

मौसममा आएको प्रतिकूलताका कारण किसानलाई खेतमा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पुर्‍याउन कठिनाइ भएको उनको भनाइ छ । धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्राउने समयमा मौसम प्रतिकूल हुँदा प्रभावित हुने देखिएको छ ।

धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन् । समयमै घाम लागेर खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्राउन नपाए उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ ।

0 Comments