६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

अ अ+ अ-

दमौली । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यति बेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेष गरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताएका छन् ।

उनले दैनिक तीन/चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए । उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् । 

स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटेल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । 

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । 

0 Comments