१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गैसस विकास निर्माणमा सरकारको परिपूरक’

अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याएको बताए ।

काठमाडौंमा आजदेखि शुरु भएको गैरसरकारी संस्था महासङ्घको नवौँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले नागरिक समाज तथा नागरिक सङ्गठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गरे ।

नागरिक सङ्गठनले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै उनले भने, “सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा सङ्कटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक सङ्गठन एवं गैससले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।”

उनले स्थानीय स्रोत साधन, सीप र श्रमको समूचीत परिचालनमा गैरसरकारी संस्थाले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेमा जोड दिए । गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाले गर्ने कामको आर्थिक पारदर्शीता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको उनले बताए।

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य २०३० लाई प्रभावकारीरुपमा कार्यान्वयन गरी नेपालको मुहार फेर्नका लागि सरकार, संसद्, राजनीतिक दल, नागरिक सङ्गठन, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घसंस्था र सिङ्गो सञ्चार जगत्ले साझा अभियान बनाई लाग्न जरुरी रहेको उनले औँल्याए । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाली सामाजिक सङ्घसंस्थाको छाता सङ्गठनका रुपमा महासङ्घले तीन दशकदेखि निरन्तर काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस