काठमाडौँ । काठमाडौँको रातोपुलमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिइएको छ ।
शुक्रवार दिउँसो प्रहरीले एक राउन्ड गोली प्रहार गरेर डाँका मुद्दाका फरार राजन लिम्बुलाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई नियन्त्रणमा लिएको हो।
लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त लिम्बुका साथबाट टाइप फिफ्टीफोर नामक हतियार एकथान बरामद गरेको प्रहरीले जनाएको छ।







