२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाहरूलाई सिडियोको आग्रह -हिंसा भए फोन गर्नुहोस्

अ+ अ-

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले महिलाहरूले आफूमाथि हुने घरेलु हिंसा सहेर बस्न नहुने बरु सम्बन्धित स्थानीय निकाय, प्रहरी प्रशासनलाई फोन गरेर जानकारी दिन आग्रह गरेका छन् ।

आज शिखर नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रजिअ सुबेदीले जिल्लाको अवस्था हेर्दा यदाकदा केही महिला दिदी बहीनीहरु लैङ्गिक तथा घरेलु हिंसामा पर्ने गरेका छन् तर खुलेर आउँदैनन् त्यसैले हिंसा लुकाउने होइन हिंसाको बारेमा सम्बन्धित निकाएलाई जानकारी गराए हिंसाका विरुद्धमा लड्न सकिने बताए ।

महिलाहरू पुरुषबाट पीडित त हुन्छन् नै तर डोटीमा केही घटनाहरूमा महिलाबाट महिला नै पीडित भएको देखिन्छ त्यसैले यस्ता घटनाहरू न्यूनिकरणमा सबै लाग्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए । उनले भने “हाम्रा केही पुराना उखान छन् छोरा भए खसी छोरी भए फर्सी, खुट्टा छ भने जुत्ताको के अभाव भन्नेजस्ता उखान छन् यस्ता कुरुती, कुसंस्काको विरुद्धमा हामी सबैले आवाज उठाउनु पर्छ तब मात्र हिंसाका घटनाहरूमा न्यूनिकरण आउँछ ।”

महिलाहरूको क्षमता विकास र लैङ्गिक हिंसाको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने “हाम्रो उद्देश्य भनेको समाजमा रहेका महिला पुरुषहरू बराबर हुन्, भेदभाव गर्नु हुन्न, घर परिवारमा झै झगडा गर्नु हुन्न, पुरानो कुरुती कुसंस्कारका विरुद्ध एक जुट हुनु पर्छ भन्ने हो, समाजलाई टुटाउने होइन जुटाउने हो त्यसैले सामाजिक हितका सवालमा सबैले सहयोग गर्नुपर्छ नगरपालिकाले पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने बताए । ”

शिखर नगरपालिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई ग्रामीण महिला विकास एकता केन्द्र रुडुक, सम विकास केन्द्र डोटी र युनाईटेड मिसन टु नेपाल डोटीले पनि सहयोग गरेको थियो । कार्यक्रममा स्थानीय बासी महिलाहरू र सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो ।

मङ्सिर ९ गते देखि २४ गते सम्म चल्ने लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा डोटी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भोलि जिल्ला सदरमुकाम सिलगढीमा लैङ्गिक हिंसाका सवालमा साझा बहस कार्यक्रमको आयोजना समेत गरिने भएको छ ।