११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री डा. खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरे, उनले भने, ‘पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सूचित गर्नुपर्ने अवस्था छ ।’

देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको उनले उल्लेख गरे । कृषि, ऊर्जालगायत उत्पादन क्षेत्रमा अहिले कर्जाको माग बढिरहेको बैंकले शेयर बजारमा चाहे जति लगानी गर्न सक्ने अवस्था कमजोर रहेको बताउँदै अर्थमन्त्री डा.खतिवडाले तरलताको अभावले पनि शेयर बजारलाई केही हदसम्म तलमाथि पारेको हुनसक्छ भने ।

पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकारले बचतलाई वृद्धि गर्ने र शेयर बजारका लगानीकर्ताले पनि धैर्य गर्नुपर्ने अवस्था देखिएको धारणा राखे । उनले भने,’हाम्रो अर्थतन्त्र अहिलेसम्म पनि उत्पादनमुखी हुन सकेको छैन, राज्य बढी जिम्मेवार हुनुपर्छ, पूँजी बजारमा देखिएका समस्या सहकार्य, वार्ता र संवादका आधारमा सम्बोधन गर्नुपर्छ ।’

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको जगबाट पूँजी बजार डग्मगाउने स्थिति पुग्न लागेको हो भने विशेष व्यवस्था गरेर प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त ग । पूर्वअर्थमन्त्री एवं समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शेयर बजार स्वस्थ्य र लगानीकर्तालाई सुरक्षित एवं उत्साही बनाउन आवश्यक रहेको विचार प्रकट गरे ।

राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पूँजी बजारमा धेरैलाई समेट्न नसक्दा तथा कारोवार गर्ने व्यक्ति आफैँ सङ्कुचित हुँदा छोटो समयमै शेयरको मूल्यमा उचारचढाव आउने परिस्थिति बनेको धारणा राखे । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले लगानीकर्ताको दोस्रो बजारमा केही तलमाथि परेको भए पनि पहिलो लगानीमा खासै असर नगरेको जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिकबाट पूर्णरुपमा अनलाइनमार्फत पूँजीबजार सञ्चालनमा आएपछि विगतमा उठ्ने गरेका धेरै प्रश्नको सम्बोधन भएको बताए । नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ५० दलाल कम्पनीले मुलुकका ४१ शाखामार्फत १७ शहरमा शेयर किनबेचका क्षेत्रमा सेवा पुर्‍याइरहेको जानकारी दिए।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले शेयर कर्जालगानी सबैभन्दा सुरक्षित भए पनि सरकारको गलत नीतिका कारण पूँजी बजारको सूचकाङ्क २ वर्षदेखि ओरालो लागेर निकै तल झर्न पुगेको तथ्याङ्क प्रस्तुत गरे।

बैठकमा समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले पूँजी बजारमा देखिएका समस्या र चाल्नुपर्ने कदमबारे जानकारी लिन आयोजना गरिएको छलफललाई समितिले निरन्तरता दिँदै आवश्यक निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस