१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुरु

अ अ+ अ-

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकामा शुक्रवारदेखि चार दिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ ।

रत्ननगर नगरपालिकामा एक सामारोहकाबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको हो । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले पानसमा दीप प्रज्वलन गरी चार दिने प्रतियोगिताको उद्घाटन गरे । 

उद्घाटनका अवसरमा नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले आफ्नो डेमोन्स्ट्रेसन प्रस्तुति दिएका थिए । कार्यक्रममा चितवन तेक्वान्दो डोजाङको भवन निर्माणमा योगदान पुर्‍याएका दीपक बाबु नेपाललाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्र बानियाँ र डोजाङ प्रमुख रोशन खानले सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा साथै विभिन्न देशको मार्चपास्ट, स्थानीय थारु समुदायको नाचका साथै सांस्कृतिक र सांगीतिक प्रस्तुति पनि प्रतियोगिताको आकर्षण बनेको थियो । सो कार्यक्रमममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बानियाँले खेलकुदको देशको प्रतिष्ठा बढाउने माध्यम मात्र नभएर स्वस्थ नागरिक निर्माणको माध्यम पनि रहेकाले यसको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताए । हरेक नागरिकले आफ्नो मानसिक स्वास्थ्यका लागि पनि खेल खेल्न आवश्यक रहेको औँल्याउँदै बानियाँले राज्यले यसतर्फ  जनतालाई अग्रसर गराउनुपर्ने धारणा राखेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका बानियाँले बागमती प्रदेश सरकारले चितवनलाई नेपालकै पर्यटकीय नगरीका रूपमा विकास गर्दै यस प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन लगानी गर्दै आएको बताएका छन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि चितवनका सबै स्थानीयले सहयोग गरेको उल्लेख गर्दै यसै प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार आवश्यक रहेको औँल्याए ।

 विभिन्न देशका खेलाडीहरूले सुविधा सम्पन्न खेल पूर्वाधार प्रतिस्पर्धा गर्न पाएको खण्डमा विश्वभर नेपालबारे राम्रो सन्देश जाने र खेलाडी उत्पादनमा पनि मद्दत मिल्ने संघका अध्यक्ष गुरुङको भनाइ थियो । 

चितवन तेक्वान्दो डोजाङको आयोजनामा शुरु भएको प्रतियोगिता कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले प्रतियोगिताको प्रतिस्पर्धा शनिवारदेखि शुरु हुने जानकारी दिए । 

च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुँदैछन् । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिव आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए । टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर(९–११ वर्ष), क्याडेट(१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए ।

 प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले यो प्रतियोगितामार्फत  चितवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

0 Comments