आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो
काठमाडौँ । आज (शुक्रवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका...