कर्णालीको गरिबी अन्त्यका लागि लगानी गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्...