बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक
काठमाडौँ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरू भएको छ। केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो। सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद उत्कर्षमा पुगेको देखिन्छ।