प्रधानमन्त्रीले कर्मचारीलाई सोधे -भइरहेको विकास र प्रगतिलाई समेत अस्वीकार गर्ने तत्व अस्वस्थ राजनीति नै हो त ?
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । जनताको तीव्र विकासको चाहनाअनुसार कर्मचारीतन्त्र सहयोगी बन्न नसकेको प्रधानमन्त्री ओलीको आरोप छ । पाँचौँ संविधान दिवसमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै...