३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बडादसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ’ : मुख्यमन्त्री आचार्य

अ अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बडादसैँले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । 

बडादसैँ–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गरेका छन् । 

यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दसैँले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । 

उनले बडादसैँले विपद्को सामना गर्ने शक्ति, विकासप्रतिको साझा प्रतिबद्धता र समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। साथै, शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । 

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै विकासका योजना निर्माण गर्दा विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

त्यस्तै, संघीय लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन संविधानको पूर्ण कार्यान्वयन, प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र तीन तहका सरकारबीच समन्वय बढाउनुपर्नेमा उनले जोड दिएका छन् । सुशासन, गुणस्तरीय सेवाप्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरेका छन् । 

0 Comments