२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन 

अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको छ ।

दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ नि:शुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।  नि:शुल्क बस सेवा सोमबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । ती बस बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म विभिन्न रुटमा चल्नेछन् ।

सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ । यसैगरी सशस्त्र प्रहरी हेडक्वार्टरबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्कलगायत स्थानका यात्रुलाई नि:शुल्क सेवा दिनेछ ।

0 Comments