१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँको रौनक: राजधानीसहित देशभरका शक्तिपीठहरू झकिझकाउ

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान चाड बडादसैँको अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरूलाई आकर्षक रूपमा सजाइएको छ ।

नवरात्र शुरु भएसँगै मैतीदेवी, गुह्येश्वरी, भद्रकालीलगायतका मन्दिरहरूमा आधुनिक बिजुली बत्ती तथा ध्वजापताकाले झकिझकाउ पारिएपछि साँझपख ती मन्दिरहरू मनमोहक देखिएका छन् । काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका देवी मन्दिरहरूमा दशैँको विशेष रौनक छाएको छ । दशैँको पहिलो दिन घटस्थापनादेखि नै शक्तिपीठहरूमा भक्तजनको चाप बढ्न थालेको छ । विशेषगरी काठमाडौँको मैतीदेवी, गुह्येश्वरी, शोभा भगवती, भद्रकाली, नक्शाल भगवती, दक्षिणकाली तथा कालिकास्थान लगायतका पीठहरूमा गरिएको विशेष सजावटले दर्शनार्थीहरूलाई आकर्षित गरिरहेको छ ।

मन्दिर व्यवस्थापन समितिहरूले पर्वलाई लक्षित गर्दै मन्दिर परिसरको सरसफाई, रङ्गरोगन र बहुरङ्गी विद्युतीय बत्तीको प्रवन्ध गरेका हुन् । साँझको समयमा झिलिमिली बत्तीको प्रकाशमा मन्दिर परिसरहरू अत्यन्तै आकर्षक र आध्यात्मिक देखिने गरेका छन् । दिनभरको व्यस्ततापछि साँझपख दर्शनका लागि पुग्ने श्रद्धालुहरूको सङ्ख्या उल्लेख्य रहेको मन्दिर व्यवस्थापनले जनाएको छ ।

उपत्यकाबाहिरका पाथीभरा, पलाञ्चोक भगवती, मनकामना, वागलुङ कालिका, शैलेश्वरी तथा गढीमाई लगायतका प्रसिद्ध शक्तिपीठहरूमा पनि नवरात्रको अवसरमा विशेष पूजाआजाका साथै झिलिमिली सजावट गरिएको छ ।

चाडपर्वका बेला मन्दिर क्षेत्रमा हुने भीडभाडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था समेत कडा पारेको छ ।

0 Comments