१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्जना अन्तर्राष्ट्रिय भलिबलमा पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाइ उपाधि

अ+ अ-

पोखरा । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा शनिवार भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो । आर्मीले पुलिसलाई २५–२१, २१–२५, २७–२५ र २५–१३ अङ्कले पराजित गर्यो ।

यस्तै, महिलातर्फ सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ सेटले हराउँदै उपाधि जित्यो । एपिएफले डायमण्डलाई २५–१८, २५–१४, १८–२५ र २५–१५ अङ्कले पराजित गर्यो ।

उपाधिसँगै पुरुषतर्फको विजेता आर्मीले एक लाख ५५ हजार ५५५ तथा उपविजेता पुलिस क्लबले ७७ हजार ७७७ ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने महिलातर्फको उपाधि विजेता एपिएफले एक लाख ५५ हजार ५५५ र उपविजेता न्यू डायमण्डले ७७ हजार ७७७ ट्रफी र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ तेस्रो भएको पश्चिमाञ्चल टिमले ३३ हजार ३३३ पुरस्कार प्राप्त गरेको छ । गत माघ २२ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा पुरुष तथा महिलातर्फ ६÷६ वटा टिमको सहभागिता रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

विजयी टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक नरेश सिंहलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै उत्कृष्ट खेलाडी वेष्ट स्पिकर, व्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि पाँच÷पाँच हजार नगद पुरस्कार दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस