२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जे गुमाए जनताले मात्रै गुमाए र जे पाए त्यो नेताहरुले मात्रै पाए

अ+ अ-

काठमाडौं । देशमा ठूल ठूला आन्दोलनहरु भए । हजारौं नागरिकहरुले ज्यानको आहुति दिए । परिवर्तनका लागि भएका भनिएका ति सबै आन्दोलनहरुमा जे गुमाए जनताले मात्रै गुमाए र जे पाए त्यो नेताहरुले मात्रै पाए ।

नेपालको पछिल्लो ठूलो आन्दोलन गणतन्त्र स्थापना भएको १० बर्ष पूरा भएको छ । यो अवधिमा १० जना प्रधानमन्त्री, दुई जना राष्ट्रपति र दुई सय ५० भन्दा बढी व्यक्तिहरु मन्त्री बनि सके ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक र अन्य नेताहरु एक–एक पटक प्रधानमन्त्री बने।

संबैधानिक राजतन्त्रको अत्य पश्चात पहिलो प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला देखि आजका दिनसम्म आइपुग्दा क्रमशः माधवकुमार नेपाल, झलनाथ खनाल, सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल हुँदै गैरराजनीतिक क्षेत्रबाट प्रधानन्यायाधिश खिलराज रेग्मी हुँदै नौ/नौ महिना बाँडीचुँडी खाने भद्र सहमतिका नाममा गरिएको अप्राकृतिक गठबन्धनबाट दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले आज शेरवहादुर देउवालाई कुर्सि हस्तान्तरण गरेका छन् । यससंगै चौथो पटक प्रधानमन्त्री बनेका देउवा नेपालको ४० औ र गणतन्त्रपछिको १० औ प्रधानमन्त्री बनेका छन् ।

आन्दोलनका हिसावले आजसम्मका सबैभन्दा ठूलो र शासन प्रणालीका हिसावले सर्वोत्कृष्ठ मानिएको गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा देश र जनताले के पाए भन्ने कुरा महत्वपूर्ण रहन्छ । जनताको नाममा तन्त्रको हवाला दिँदै नेताहरुले अकुत फाइदा लुटेका छन् । हो, शासन व्यवस्थाको परिवर्तनलाई नै ठूलो उपलब्धी मान्ने हो भने पनि त्यसको सबैभन्दा धेरै फाइदा नेतालाई भयो कि जनतालाई ? कसका लागि कति फाइदाजनक रह्यो यो १० वर्ष भन्ने कुराको निश्पक्ष मुल्याँकन हुन जरुरी छ ।

हिजोका रोप्पाली जनता आज पनि रोल्पामै छन् । हिजोको सुदूर पश्चिम आज पनि त्यही दुरदराजमै छ, बिदेश पलायन हुने युवाहरुको लाइन अझ लामो बनेको छ । विकास देखि दैनिक सेवासुविधाहरुमा जनताले झेल्नु परेको सास्ती जस्ताको त्यस्तै छ भनेपछि के पाए त जनताले भन्दा त्यही परिवर्तन । मात्र परिवर्तन । शासन व्यवस्थामा परिवर्तन । जसको मालिक घुमीफिरी उही नेता ।

लोकतन्त्र आफैमा सर्वोत्कृष्ठ व्यवस्था हो, तर लोकतान्त्रिक मुल्य मान्यता अनुशार चलिँदैन भने त्यो कसरी लोकतन्त्र भयो ? हिजो राजाका आसेपासेले फाइदा लिएका थिए भने आज नेताका आसेपासले । फरक के मा भन्दा शब्दमा मात्रै । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र । हिजो एक जना राजाको ठाउँमा आज १० जना राजा भएका छन् । के त्यसैका लागि लडेका थिए त जनता ? नेता बनाउन र सत्ता बाँडिचुँडी खानका लागि मात्रै ज्यानको आहुति दिएका थिए त ? पक्कै थिएनन्, हिजोको अवस्थामा भन्दा आजको अवस्थामा सुधार आउने छ भन्ने आशा राख्दै उनिहरुले नेतालाई साथ दिएका थिएन तर नेताहरुले जनमतको अनादर गरे । जनताको विश्वासमाथि विश्वास घात गरे ।

को प्रधानमन्त्री बने, को मन्त्री बने भन्ने कुराको चिन्ता होइन, शासन कसरी चलाइदै भन्ने कुरा चिन्ताको विषय बनेको छ । जसरी संस्थागत भ«ष्टाचारले नेपाललाई खोक्रो बनाउदै छ त्यसैगरी मिलिजुली प्रक्रियाले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जि नउडाइयोस् भन्ने मात्र हो । हेर्न बाँकी छ यो श्रृंखला कहिलेसम्म जारी रहन्छ । कहिलेसम्म बाँडीचुँडी सत्ता चलाउने हुन् ।

अन्तमा, देउवासंगै अन्त्य होस् अप्राकृतिक गठबन्धनको श्रृंखला । जनमतको कदर गरियोस् र बिधि, प्रक्रिया सहित लोकतान्त्रिक मूल्य र मान्यताका साथ छनोट होस् देउवा पछिको प्रधानमन्त्री ।

0 Comments