२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाह न्यूनीकरणमा बालबालिका

अ+ अ-

जाजरकोट । बालविवाह न्यूनीकरण गर्ने अभियानमा आफूहरु लागिपर्ने प्रतिबद्धता यहाँका बालबालिकाले गरेका छन् ।

जिल्लास्तरीय बाल भेलामा बिहीबार उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्लामा ५० प्रतिशतभन्दा बढीको बालविवाह हुने गरेको तथ्याङ्क छ ।

कम उमेरमा विवाह नगर्ने र अरूलाई पनि गर्न नदिने कार्यमा सक्रियताकासाथ लागिपर्ने जुनीचाँदे गाउँपालिकाकी रमा पुनले बताइन् । बालबालिका र अभिभावक दुबैले बालविवाह विरुद्धको अभियानमा लाग्नुपर्दछ, उनले भनिन्– “चेतनाको अभावले बालविवाह बढेको हुँदा यसका विरुद्ध समाजमा सचेतना अभियान नै सञ्चालन गर्नुपर्दछ ।”

भेलाका सहभागीले बालबालिकासम्बन्धी कानुन, नीति र विकास योजना निर्माणमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत सेवा प्रवाह प्रणालीलाई बालमैत्री बनाउँदै एक स्थानीय तहमा तीन वर्षभित्र कम्तीमा एक नमुना बालमैत्री विद्यालय घोषणा गर्ने, आगामी पाँच वर्षभित्र जिल्लालाई बालमैत्री घोषणा गर्न रणनीतिक योजना परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यस्तै भेलाले स्थानीय विकास योजना तर्जुमा प्रक्रिया र अन्य सामाजिक क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र उपेक्षासहित बालविवाह न्यूनीकरणमा क्रियाशील रहँदै पाँच वर्षभित्र जाजरकोटलाई बालहिंसा र बाल श्रममुक्त बनाउने सातबुँदे प्रतिबद्धतापत्रसमेत जारी गरिएको छ ।

जिल्ला बालकल्याण समितिको आयोजनामा खलङ्गामा भएको सो दुईदिने बाल भेलामा तीन नगरपालिका र चार गाउँपालिकाका एकसय बालबालिका सहभागी थिए । त्यस क्रममा बालबालिकाले बालअधिकार, बालबचाउ, बालविकास, बालसंरक्षण र बाल सहभागिताका विषयमा अन्तक्र्रिया गरेको महिला तथा बालबालिका अधिकृत पङ्कजाकुमार जोशीले बताए ।

भेलाले दीर्घबहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बालसञ्जालसमेत गठन गरेको छ । रासस

0 Comments