११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

अ+ अ-

पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ ।

मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पुर्याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि १५ हजार छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत गर्दै ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताए ।

पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै आफूले छिट्टै ‘आत्मकथा’ बजारमा ल्याउन लागेको जानकारी दिए । गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले गर्बुजा गायक मात्रै नभई प्रत्येकले सुन्नैपर्ने गीत र पढ्नुपर्ने नलेखिएका पुस्तक भएको बताए । पुरस्कृत व्यक्तित्वको परिचय दिँदै उनले भने, “१५ वर्षमै लाहुरे हुन हिँडेको, एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाडा माँझ्ने कामसम्म गरी फर्केर वि.सं. २०४३ मा घाँस काट्न जाँदा भिरबाट लडेर दुवै खुट्टा गुमाएका व्यक्ति अहिले देशको प्रसिद्ध गायक बनेका छन् ।”

‘आकाशैमुनि’, ‘हेर्दाहेर्दै कान्छीले’लगायत ‘कर्खा’, ‘झ्याउरे’, ‘सालैजो’, ‘यानीमाया’का चर्चित गीत गाउनुभएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कारलगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाएका छन् ।

“पैसाकै अभावमा गर्बुजा दुःख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे”, सुवेदीले भने, “यसरी रुमालमा जम्मा भएको पैसाले उनी बाग्लुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौँ पुगेका थिए ।”

कवि तीर्थ श्रेष्ठ संयोजक तथा हरिदेवी कोइराला र कृष्णबहादुर सदस्य रहेको प्रतिभा छनोट समितिले गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस