१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना

अ+ अ-

बैतडी । बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन ।

छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ उनलाई । चौध वर्षीय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि उपचारमा सहयोग गरिदिन उनले आग्रह गरिरहेकी छिन् । विगत १८ महिनादेखि जयन्तको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको आमा दुर्गाले जानकारी दिइन् ।

वि.सं. २०७२ को फागुन महिनाअघिदेखि बिरामी भएका जयन्तलाई शुरुमा घरमै राखेर उपचार गरिएको थियो । घरायसी उपचारले निको नभएपछि डडेल्धुराको एक क्लिनिकले ब्लड क्यान्सर भएको भनेर काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएको थियो । वि.सं. २०७२ को फागुनमा उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गराएपनि पैसा नभएर बीचमै उपचार गर्न छाडेर उनीहरु घर फर्किएका थिए । जयन्तलाई हाल पुनः कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

एक वर्षदेखि कान्तिमा उपचार गराइरहेका जयन्तको उपचारका लागि उनका परिवारले भएको सम्पत्ति, जग्गा जमिनसमेत बिक्री गरेका छन् । “हालसम्म छोराको उपचारमा रु सात लाख खर्च भइसकेको छ,” उनले दुखेसो पोख्दै भने– “भएको जति सम्पत्ति सबै बिक्री गरिसकें । जग्गा जमिन केही बाँकी छैन ।”

“जयन्तलाई पूर्णरुपमा निको पार्न तीन वर्ष दुई महिना लगातार उपचार गराउनुपर्ने र त्यसका लागि २० लाख खर्च लाग्ने भनेको छ,” उनले भनिन्– “चिकित्सकले जयन्तको तीन वर्षसम्म नियमितरुपमा अस्पतालमै राखेर उपचार गराउनुपर्ने भनेपछि खर्च जुटाउन समस्या भएको छ ।”

“छोराको उपचारमा सबै सम्पत्ति सकियो,” जयन्तकी आमा दुर्गाले भनिन्– “उपचारमा ठूलो रकम लाग्ने भयो । छोरोको जीवन रक्षाका लागि सहयोगी सङ्घसंस्था र व्यक्तिसँग आग्रह गर्दछु ।”

एक वर्षदेखि छोरोको उपचारमा काठमाडौँ बस्दैआएकी दुर्गाले आर्थिक समस्याले पिरोल्न थालेको दुखेसो पोखिन् । उनले भनिन्– क्यान्सर पीडित छोराको उपचार गर्न नसकेर एकपटक घरमा समेत लिएर गएकी हुँ । काठमाडौँमा पानीसमेत किनेर खानुपर्छ । घरको सम्पत्ति सबै उपचारमै सकियो ।”

जयन्तमा वि.सं. २०७२ फागुन अगाडि हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुनेलगायतका लक्षण देखा परेका थिए । यस्ता लक्षण देखा पर्दा शुरुमा घरमै राखेर उपचार गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीको औषधिले सञ्चो भएन । पछि डडेल्धुराको एक क्लिनिकले रक्त क्यान्सर भएको ठम्याएर एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान सुझाव दिएको थियो । कान्तिमा आएपछि जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भयो ।

अस्पताल भर्ना भइसकेपछि शुरुका दिन जयन्तलाई दिसापिसाव गर्न पनि झोलामा हालेर लैजानुपर्ने बाध्यता रहेको आमा दुर्गाले बताइन् । उनका अनुसार जयन्तलाई आजभोलि केही सञ्चो भएको छ ।

बैतडीको पुर्चौडीस्थित मेरो निमाबिमा ८ मा पढिरहेका जयन्तले गत वर्ष कक्षा ८ को परीक्षासमेत दिन पाएनन् ।

छोराको उपचारका लागि भारत र नेपालका विभिन्न चहार्दाचहार्दै जायजेथा सकिएपछि खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको जीवन रक्षाका लागि सहयोगको याचना गरेका हुन् ।

जयन्तको उपचारमा सहयोग गर्न चाहनेलाई जयन्तको बुबाको नाममा नबिल बैंक कुलेश्वर, काठमाडौँ शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

अमेरिकाबाट सहयोग

रक्त क्यान्सरले पीडित बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीका १४ वर्षीय जयन्त बमको उपचारका लागि अमेरिकाको टेक्सासमा बस्दै आएका गैरआवासीय नेपालीले स्थापना गरेको सुदूरपश्चिम समाजले आर्थिक सहयोग गरेको छ ।

समाजका सदस्य प्रेम शाहीले क्यान्सर पीडित जयन्तकी आमा दुर्गालाई ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव गुड्डी भण्डारीले बताइन् ।

केही महिनाअघि मात्र स्थापना भएको सुदूरपश्चिम समाजले गरेको सहयोगले जयन्तको उपचारका लागि थोरै भए पनि सहयोग पुग्ने दुर्गाले बताइन् । सुदूरपश्चिमका जनताको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधामा पहुँच पुर्याउन र त्यहाँका भाषा र संस्कृतिको जगेर्ना गर्न स्थापित आफ्नो संस्थाका तर्फबाट क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न पाएकामा खुशी लागेको सचिव भण्डारीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस