११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदरबाट मकै जोगाउन मुस्किल

अ+ अ-

पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।

किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो ।

वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

“मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ, त्यसबाट बचाउन बारीमा एकजना कुरुवा नै बस्नुपर्ने बाध्यता रहेको छ । हुलका हुल बाँदर बारीमा पसेपछि मकैबाली नोक्सान गर्छ, सबै गाउँले मिलेर धपाउने काम गर्छौं”, स्थानीय अमृत परियारले बताए ।

मकै भाँचेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ । बाँदरले केही मकै खाने र केही भाँचेर जथाभावी फालिदिने स्थानीय बासिन्दा शिव परियारले बताए ।

किसानले बाँदरलाई तीन/चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउँमा आउने गुनासो किसानको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन् । १०/१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ ।

खेतबारीमा लगाएको आलु, बन्दा, काउलीलगायतका तरकारी खाने र बाँकि नष्ट गरिदिन थालेपछि यहाँका स्थानीय बासिन्दाले तरकारीखेती गर्न छाडेका छन् । बारीको मात्र होइन, सुलिमको मकैसमेत नष्ट गर्न थालेपछि किसान घरभित्र मकै राख्न बाध्य भएका छन् ।

बाँदर बढे पनि राज्यस्तरबाट किसानको समस्या समाधानका लागि कुनै पनि पहल नभएकामा किसानको दुखेसो छ । वन संरक्षणले हरियाली बढ्योे तर बाँदरको समस्या भने झनै बढेकाले किसान मर्कामा परेका छन् । बाँदरले अन्नबाली नष्ट गर्नुका साथै महिला तथा बालबालिकामाथि आक्रमणसमेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस