९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीकै निर्देशन अवज्ञा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ ।

‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ, तर खनियाँ र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे,’ आफ्नो निर्देशनको अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले आइतबार नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने, ‘तत्काल सम्बन्धन नै खारेज गर्न पुनः निर्देशन दिनेछु, नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु ।’

भेटमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ‘मेडिकल कलेजको सम्बन्धन नै खारेज गराउनोस्, स्थगनमात्र गर्दा त्रिविका पदाधिकारीले पुनः चलखेल गरेर सम्बन्धन दिन सक्छन्’ भन्दै ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई उपकुलपति खनियाँले उल्लंघन गरेको बताएका हुन् । ‘मैले कुलपतिको हैसियतले उपकुलपति खनियाँलाई कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको थिएँ, तर स्थगनको मात्र निर्णय गरे,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘फेरि उपकुलपति खनियाँलाई तत्काल कलेजको सम्बन्धन नै खारेज गर्न र नत्र कारबाही भोग्नका लागि तयार रहन निर्देशन दिन्छु, तपाईंहरू ढुक्क हुनुहोस् ।’

स्वास्थ्य मन्त्रालयको टोलीले छानबिन गरी कलेजको अस्पताललाई पूर्वाधारबिना नै स्वीकृति दिएको प्रतिवेदन दिइसकेको छ । प्रतिवेदन प्राप्त गर्नासाथ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले शनिबारै मन्त्रालय स्तरीय निर्णय गरी अस्पताललाई दिइएको अनुमति खारेज गराइसकेका छन् । खारेजीमा परिसकेकाले कलेजले फेरि यही अस्पताल देखाएर सम्बन्धन लिन सक्ने स्थिति नरहेको एक अधिकारीले बताए ।

प्रधानमन्त्रीले आवश्यक भौतिक पूर्वाधार र मापदण्ड नै नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज नगरे बर्खास्त गर्नेसम्मको चेतावनी दिएपछि शनिबार कार्यकारी परिषद् बैठक डाकेर खनियाँले सम्बन्धन स्थगनको निर्णय गराएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस