९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र माओवादी केन्द्र मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने : ज्ञवाली

अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् ।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्ने विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे ।

उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए ।

‘एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन’– उनले थपे, ‘पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।’ पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याए ।

उनले नेपाली कांग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस