८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन् ।

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए ।

त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपाङ्गता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।

पाँच सय ५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैँजू छन् भने सबैभन्दा बढी उम्मेरका नेपाली कांग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित भएका छन् ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४, प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भई जनप्रतिनिधिको चयन भएको हो । रासस

प्रतिक्रिया दिनुहोस