२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

अ+ अ-

भीमदत्तनगर । प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्तरगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ ।

प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्तरगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ ।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताए । ‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उनले भने, केहीले आशिंक सफाइ समेत पाएका छन ।’ उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने प्रावधान रहेको उनले बताए ।

गत २०७४ पुष १३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश नं. ७ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्तरगत महेन्द्रनगरमा उच्च अदालतको नियमावली २०७३ को नियम ६६ (२) बमोजिम बाणिज्य इजलास गठन भएको थियो ।

बाणिज्य इजलासले चेक अनादरमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १७ बमोजिम कारबाही गरिरहेको छ । ‘कसुर भएको थाहा पाएको एक बर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्छ ।’ शाखा अधिकृत भट्टले भने, ‘जाहेरी दिएको छ महिनाभित्र प्रहरीले तोकिएको अदालतसम्म पु¥याउनुपर्ने हुन्छ ।’ छ महिनाको अवधीमा बैंकमा तीन पटकसम्म चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भए चेक अनादरमा कानुनी उपचार खोज्न सकिन्छ ।

बैंकिङ कसुर तथा सजाय ऐन अनुसारको दफा ३ ‘ग’मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको थाहा पाइ जानी–जानी चेक काटी दिनुलाई कसुर मानेको छ । एउटै व्यक्तिले फरक/फरक व्यक्तिलाई ८५ लाखसम्म दिएको मुद्दा यहाँ आएको छ ‘शाखा अधिकृत भट्टले भने, तत्कालीन अवस्थामा महेन्द्रनगर बाणिज्य इजलास तोकिएपछि यहाँ क्षेत्राधिकार पर्ने १९ वटा मुद्दा नेपालगञ्जबाट सारिएको थियो ।’

बाणिज्य इजलास यहाँ गठन हुनुअघि सुदूरपश्चिमका बैंकिङ कसुरका मुद्दाहरु नेपालगञ्जलाई हेर्ने क्षेत्राधिकार तोकिएको थियो । चेक अनादरका अधिकांश मुद्दा कैलाली जिल्लाबाट आएको उनले जानकारी दिए । ‘मित्रवत, आफन्तबाटै बढी चेक अनादर भएको मुद्दाहरु छन् ।’ भट्टले भने,‘यसमा अधिकांश महिला संलग्न छन् ।’

‘आवश्यक प¥यो केही दिनलाई सहयोग गर्नुस् भनेर पैसाको लेनदेन बढी भएको देखिन्छ ।’ उनले भने, ‘मिटरब्याज र अनाधिकृत रुपमा ढुकुटी खेलाउनेबाट बढी प्रभावित छन् ।’ चेक अनादरको जाहेरी प्रहरीले लिएपछि मुद्दा सरकारवादी हुन्छ ।

त्यसैगरी बैंकिङ कसुरमा मात्रै तीन करोडभन्दा बढी जरीवाना असुल उपर गर्नुपर्ने देखिएको छ । जरिवाना असुलउपर गर्न यहाँबाट फैसलाको प्रतिनिधिसहित सम्बन्धीत जिल्ला अदालतलाई कार्यान्वयनका लागि पत्राचार गरिन्छ । ‘शाखा अधिकृत भट्टले भने, ‘बाणिज्य इजलासमा आठ वटा मुद्धा किनारा लाग्न बाँकी छन् ।’ बाणिज्य इजलास हेर्न २०७४ माग ८ गते न्यायधीश त्रय दिनेशप्रसाद यादव, नारायण प्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यलाई तोकिएको थियो । ‘अनादर चेक दिए कारबाहीको भागेदार हुनुपर्ला भनेर सचेतना अपनाउन सञ्चारकर्मीको भूमिका आवश्यक छ । प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायधीश डिल्लाराज आचार्यले भने ।

बाणिज्य इजलास महेन्द्रनगरलाई प्रदेश नं. ७ का नौ वटै जिल्लाका बाणिज्य सम्बन्धी मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आर्थिक बर्षमा एक हजार चार सय २६ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ । उक्त आर्थिक वर्षमा एक हजार सात सय ७६ मुद्दा परेका थिए । रासस