लोक सेवा आयोगबाट विभिन्न पदका लागि लिइने परीक्षाको तयारीमा जुट्नुभएका प्रतिस्पर्धी महानुभावहरूको आवश्यकतालाई ध्यानमा राखी prasashan.com ले मिति २०७५ साउन १६ गतेदेखि लोक सेवा तयारी लक्षित सामग्रीहरू प्रकाशन सुरु गर्ने व्यहोरा सम्पूर्ण पाठक वर्गमा सहर्ष जानकारी गराउन चाहन्छौं ।
लोक सेवा आयोगले लिने विगतका परीक्षाहरूमा भन्दा हालका परीक्षाहरूमा सोधिने प्रश्नको कठिनाईको स्तर क्रमशः बढ्दै गएको साथै प्रश्नको ढाँचा परिवर्तन हुँदै गइरहेको छ । यस परिवेशमा खोजमूलक अनुसन्धानमार्फत् प्रतिस्पर्धीलाई प्रत्यक्ष लाभ हुने लोकसेवा लक्षित जानकारीहरू दैनिक रूपमा प्रकाशन गर्ने जमर्काे गरेका छौं । अहिले हामीले प्रत्येक बुधबार लोकसेवा सम्बन्धी सामग्री प्रकाशन गरिरहेका छौं ।
लोक सेवा आयोगद्वारा लिइने प्रतिस्पर्धात्मक परीक्षामार्फत् नेपालको सार्वजनिक प्रशासनमा प्रवेश गर्ने सुनौलो सपना बोकेका सबैका लागि यो प्रयास उपयोगीसिद्ध हुनेछ भन्नेमा हामी पूर्णरूपमा विश्वस्त छौं ।
परीक्षार्थी पाठकहरूको आवश्यकता अनुसार अध्ययन सामग्रीहरू प्रकाशन गर्न हामीलाई सहयोग गर्न रचनात्मक सुझाव psc.prasashan@gmail.com मा पठाउन सकिने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।







