१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

अ+ अ-

भुटान । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।

थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् ।

उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए ।

आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो ।

आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस