९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

अ+ अ-

पर्वत । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो ।

क्षेत्रीसहित अन्य युवालाई वि.सं. २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।

क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ । अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ । अभियुक्तलाई बागलुङको चैतेदशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

हत्यामा जन्मकैद

पर्वतको फलेवास नगरपालिकाका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुँवरलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको बुधबारको इजलासले आरोपित कुँवरलाई अभियुक्त ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।

फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले फलेवास नगरपालिका–३ शङ्करपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको हत्या गरेका थिए । गत जेठ २५ गते कुँवरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए । सुनारसँगै उनकी श्रीमती सरस्वती सुनारसमेत कुँवरको कुटाइबाट घाइते भएपछि दुवैलाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारकै क्रममा सूर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस