विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारलाई गम्भीर बन्न् सुझाव दिएका छन् । उनले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर हुनु पर्ने बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिएका हुन् । उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए ।