७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठिनी–तिलिचो पदमार्ग निर्माण

अ+ अ-

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ ।

जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा विनियोजित रु दश लाखबाट नौ किलोमिटर ५०० मिटर र यस वर्ष विनियोजन भएको रु पाँच लाखबाट पाँच किलोमिटर पदमार्ग निर्माणका साथै विभिन्न ठाउँमा सङ्केत चिह्न राखिएको एक्यापका सब इञ्जिनीयर निकेश शेरचनले जानकारी दिए।

जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको एक्पापका प्रमुख तुलसी दाहालले बताए ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त पदमार्गमा पर्यटक आगमन बढाउन सडक सञ्जालले पनि जोड्ने तयारी भएको छ । ठिनी गाउँदेखि दुई किलोमिटर ताङडुङसम्म पुगेको सडकलाई विस्तार गरेर नमखुलेकसम्म पुर्‍याउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको सांसद चन्द्रमोहन गौचनले बताए ।

पदयात्रामा जाने पर्यटकको सुविधाका लागि ठिनी गाउँका आठ घरमा थकाली होमस्टे सञ्चालन गरिएको स्थानीय जनमुक्ति युवा कल्वका अध्यक्ष नरेन्द्र थकालीले बताए । धर्मशाला र गोठ रहेको नमखुलेकमा भने होटल तथा लज नभएकाले क्याम्पिङ गर्नुपर्छ । होमस्टे र पदयात्राको प्याकेज बनाएर पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने तयारी भएको उनको भनाइ थियो । यो पदमार्ग भएर मनाङ पनि जान सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस