९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । लिग निर्देशक सञ्जिव मिश्रले भने, ‘एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।’

सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार/चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ ।‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा, स्वयम्भू, समाज कल्याण खेलकूद केन्द्र, कुमारी, सानो गौचरण, ओसिस, सानेपा, सामाजिक र वीरगञ्ज युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस