९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई क्लब भीड्दै

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ११ः३० देखि खेल शुरु हुनेछ ।

पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो । मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

खेल अघि आज बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्यरूपमा नलिने बताए। ‘हामीले भखरै नवलपरासीमा राइनो कप खेलेर आएका छौँ, उक्त प्रतियोगितामा आफ्नो कमी कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौँ ।’

मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैं तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताए ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेटब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो ।

क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदान फर्कंदैछन् । चोटका कारण करीब आठ महीना मैदान बाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् ।

लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेडब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिए ।

थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडी समावेश छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने बताए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुनलागेको हो । पछिल्लो पटक वि.सं. २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस