९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा, ३०० भन्दा बढीको सहभागिता हुने

अ+ अ-

काठमाडौं । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा हुने भएको छ ।

‘जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्य’ भन्ने मूल नारासहित आयोजना हुने राष्ट्रिय परिषद् बैठकलाई सफल बनाउन मूल तयारी समितिसहित उपसमिति गठन गरिएको छ । बैठकलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापा, नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले सम्बोधन गर्ने कार्यक्रम छ ।

परिषद् बैठकमा ५० भन्दा बढी जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ३०० भन्दा बढीको सहभागिता रहने समाजले जनाएको छ ।मङ्सिर १४ गते दिउँसो १ बजे विराटनगरमा बृहत् शान्ति र्‍याली गरिने जनाइएको छ । मङ्सिर १५ गते साँझ ६ बजे विराटनगरमा शान्ति काव्य प्रवाह पनि आयोजना हुनेछ ।

परिषद् बैठककै अवसरमा विराटनगरका एक दर्जनभन्दा बढी विद्यालयमा ‘शान्ति हाम्रो अधिकार’ शीर्षकमा अन्तक्र्रिया, वातावरणीय चेतना र वृक्षरोपण कार्यक्रम पनि हुनेछ । राष्ट्रिय परिषद् बैठकमा मानवअधिकार रक्षकको सुरक्षा, सङ्क्रमणकालीन न्याय प्रक्रिया, महिला र बालबालिकाको विशेष सुरक्षालगायतका विषयमा केन्द्रित रही आठ प्रस्तावमा छलफल हुनेछ । मङ्सिर १५ गते शान्ति समाजको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस