१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यशाला कार्यक्रममा उनले व्यावसायिक र प्राविधिक शिक्षाको खाँचो औँल्याए । मुलुकमा अधिकारको लडाई समाप्त भएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाका लागि राजनैतिकरुपमा गठित सङ्घ सङ्गठन आवश्यक नरहेकामा जोडदिए ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दक्ष र निष्ठावान् शिक्षकबाट मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उल्लेख गरे । पठनपाठनमा अङ्ग्रेजी भाषालाई बढी महत्व दिएर मातृभाषालाई कमजोर बनाउन नहुनेमा जोड दिँदै उनले सङ्घ सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य रामजी बराल, राजीव पहारी र मनबहादुर गुरुङले परीक्षा प्रणाली समयसापेक्ष बनाइनुपर्ने बताए । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव दीपेन्द्र काफ्ले, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालगायतले गुणस्तरीय, व्यावसायिक र प्राविधिक विषय शिक्षा नीतिमा समेटिनु अपरिहार्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस