काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गरेका छन् ।
नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले संघीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।